कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका -०६ ऐठपुरमा रहेको सार्क एजुकेसनल फाउण्डेसनले ‘से नो टु प्लास्टिक क्रिकेट कप’ अभियान सञ्चालन गर्ने भएको छ।
नेपाल र साउथ अफ्रिका बिच जुन १५ मा विश्वकपमा हुने खेललाई लक्षित गरेर अभियान सञ्चालन गरिने सार्क एजुकेसन फाउण्डेसनका प्लस टु संयोजक राजेश भण्डारीले जानकारी दिएका छन् ।
उक्त अभियानमार्फत नेपाल र साउथ अफ्रिका बिचको खेलमा नेपाली टिमका खेलाडीहरूले बनाएको प्रत्येक रनमा १० वटा प्लास्टिक, प्रत्येक चौकामा, २० प्लास्टिक, प्रत्येक छक्कामा ३० प्लास्टिक, अर्धशतकमा ५०० प्लास्टिक र १०० रन बनाएको खण्डमा १००० प्लास्टिक उठाइने छ। अभियान भीमदत्त नगरपालिकामा मात्र सञ्चालन गरिनेछ।