सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेवि संघले भन्यो, ‘शिक्षकले विद्यार्थीलाई बम बनाउने काममा लगाउन नैतिक, पेशागत र कानुन विपरित’ 

कञ्चनपुर – नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले कञ्चनपुरको वेदकोट नगरपालिका -०२ बसन्थलामा शिक्षकले विद्यार्थीलाई बम बनाउने जस्तो काममा लगाउनु नैतिक, पेशागत एव कानुन विपरितको काम भएको जनाएको छ । 

नेवि संघ कञ्चनपुरले वेदकोट नगरपालिका २ बसन्थलामा शिक्षक हरेन्द्र भण्डारीले विद्यार्थी रुपेश धामीलाई बम बनाउने जस्तो काममा लगाउनु नैतिक, पेशागत एव कानुन विपरीतको काम भएको जनाएको हो । बिहीबार नेवि संघले एक प्रेस विज्ञप्ति जारी गर्दै कैलाली लम्कि स्थित आर्दश नमुना मावि र बसन्त मुरारी माविका शिक्षक भण्डारीले कञ्चनपुर जडेपानी स्थित बैजनाथ मावि कक्षा १० का छात्र रुपेश धामीको भविष्य नै चौपट पार्ने गरेर बम बनाउने काममा लगाउने कार्यको भर्त्सना जाहेर गर्दै दोषी उपर कारबाहीको माग अघि सारेको छ । 

नेवि संघ कञ्चनपुरका अध्यक्ष नरेश पण्डितले हस्ताक्षर गरेको विज्ञप्तिमा घटनाको सत्यतथ्य छानबिन गरेर दोषी उपर कारवाही नगरिए आन्दोलनको चेतावनी दिएको छ । धामी परिवार स्रोतका अनुसार रुपेशको उपचार भारतीय गायत्री अस्पतालमा भइरहेको छ । कञ्चनपुर प्रहरीले शिक्षक भण्डारी नियन्त्रणमा लिएर घटनाको छानबिन भइरहेको जनाएको छ । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.