सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

संजिवनी नेपालले भीमदत्तमा सीमान्तकृत महिलाको क्षमता विस्तारका कार्यक्रम गर्दै

कञ्चनपुर – गैर सरकारी संस्था (संजिवनी नेपाल) ले कञ्चनपुरको भीमदत्त नगरपालिकामा महिला धर्ती हुन : ग्रामीण सीमान्तकृत महिलाको क्षमता विकास र जलवायु अनुकुलन दिगो अभ्यास’ नयाँ परियोजना सञ्चालनमा ल्याएको छ । जेठ दोस्रो साता अर्थात १ जुनदेखि संजिवनी नेपालले भीमदत्त नगरपालिकमा महिला धर्ती हुन : ग्रामीण सीमान्तकृत महिलाको क्षमता विकास र जलवायु अनुकुलन दिगो अभ्यास’ नयाँ परियोजना सञ्चालनमा ल्याएको हो ।  

बुधबार संजिवनी नेपालले परियोजना बारे भीमदत्त नगरका जनप्रतिनिधिसँग समन्वयात्मक बैठक आयोजना गर्दै परियोजना बारे जानकारी गराएको छ । संजिवनी नेपालका कार्यकारी निर्देशक नितु भट्टले भीमदत्त नगरका सबै वडाहरूमा परियोजना सञ्चालन हुने बताइन । उनले डिसिएसंगको सहकार्यमा संजिवनी नेपालले नगरका १९ वटै वडाहरूमा परियोजना सञ्चालनमा ल्याएको बताए । कार्यकारी निर्देशक भट्टले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण महिलामाथि परिरहेको प्रभाव न्यूनिकरण गर्ने उद्देश्यका साथ परियोजना सञ्चालनमा आएको बताइन ।

Mahakali Polytechnic

उनले ग्रामीण भेग सीमान्तकृत समुदायका महिलाको क्षमता विस्तार, लैङ्गिक हिंसा न्यूनिकरण, वित्तिय साक्षरता, वडा स्तरका जनप्रतिनिधिको क्षमता विस्तार, विपद् जोखिमबाट बाँच्दै जिविकोपार्जनका कार्यक्रम सञ्चालन गरिनेछ । यस अघि नै संजिवनी नेपालले सुदूरपश्चिम पैरवी महिला सञ्जाल मार्फत कार्यक्रम सञ्चालन गरेको ग्रामीण भेगका महिलाको समाजिक, आर्थिक वृद्धि विकास गरिने बताए । झण्डै तीन वर्ष ०२६ सम्मै कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रममा भीमदत्त नगरका जनप्रतिनिधिले समन्वयात्मक ढङ्गबाट दिगो कार्यक्रम सञ्चालनमा जोड दिएका छन् ।

World Link Ads

Sana Kishan

भीमदत्त नगरपालिका १३ का वडाध्यक्ष रामचन्द्र बोहरा (झक्कास) ले दिगो रुपमा महिलाको आत्मनिर्भर तथा व्यवसायिक दक्ष हुने गरेर कार्यक्रम सञ्चालनमा जोड दिए । भीमदत्त नगरपालिका १८ का वडाध्यक्ष रविन्द्र कुँवरले संजिवनी नेपालले ल्याएको कार्यक्रम प्रभावकारी भएको भन्दै महिलाका क्षेत्रमा काम गर्ने संघ संस्थादेखि स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।

भीमदत्त नगरका प्रमुख पदम बोगटीले नगरका सीमान्तकृत समुदायका महिलालाई आत्मनिर्भर बनाउने गरेर कार्यक्रम सञ्चालनमा जोड दिँदै पालिका तर्फबाट समेत सहयोग गर्ने बताए । मेयर बोगटीले नगरका महिलालाई सीपयुक्त दक्ष बनाएर आत्मनिर्भर बनाउनुपर्ने तर्फ केन्द्रित हुनुपर्ने बताए । संजिवनी नेपालका सचिव सिला रैकाले सञ्चालन गरेको कार्यक्रममा भीमदत्तका जनप्रतिनिधि, कर्मचारी एव सरोकारवालाको उपस्थिति रहेको थियो । 

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds