कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका दुई वडा र वेदकोट नगरको एक सडक निर्माणमा अनियमितता (भ्रष्टाचार) मा भएको भन्दै अख्तियारमा उजुरी परेको छ ।
भीमदत्त नगरपालिका ९ र १० वडा भवननिर्माण र वेदकोट नगरपालिका ६, ७ मा निर्माण भएको सडकमा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेर अख्तियारमा उजुरी परेको छ ।
उक्त उजुरीको ५३६२ दर्ता नम्बर रहेको छ । उजुरीकर्ताले उक्त विषयमा छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्दै राज्यको लगानी सुरक्षित गर्न माग गरेका छन् ।
भीनपाका दुवै वडा र बृद्धआश्रम जाने सडक निर्माणमा अनियमितता भए नभएको विषयमा छानबिन गरिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले जनाएको छ ।