Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

टी–२० विश्वकप आइतबारदेखि शुरु हुदै ; कुन देशले कति पटक जिते ?

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ १९, शनिबार १०:३७
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आइसीसी टी–२० विश्वकप आइतबारदेखि शुरु हुदै छ । जुन २९ सम्म हुने यस विश्वकपमा २० देशले भाग लिदै छन् ।यस विश्वकपमा आयोजक अमेरिका र वेस्ट इण्डिजसहित, भारत, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, अफगानिस्तान, न्यूजील्याण्ड, दक्षिण अफ्रिका, इङल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्डस, नामिबिया, पीएनजी, क्यानडा, स्कटल्याण्ड, ओमान र युगाण्डा सहभागी हुदै छन् ।

इङल्याण्ड टी–२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा इङल्याण्डले फाइनलमा पाकिस्तानलाई पराजित गरेर दोस्रो पटक उपाधि जितेको थियो । टी–२० विश्वकप्को यो नवौं सिजन हो । यस अघि सम्पन्न आठ विश्वकपमा सबैभन्दा बढी इङल्याण्ड र वेस्ट इन्डिजले २–२ पटक जितेका छन् । इङल्याण्डले २०१० र २०२२ मा विश्वकप जितेको थियो भने वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी–२० विश्वकप जितेको थियो ।

त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलंका र पाकिस्तानले एक एक पटक टी–२० विश्वकप जितेका छन् । भारतले टी–२० विश्वकपको पहिलो संस्करण २००७ मा जितेको थियो भने अस्ट्रेलियाले २०२१ मा. श्रीलंकाले २०१४ मा र पाकिस्तानले २००९ मा जितेको थियो ।
त्यस्तै टेस्ट खेल्ने प्रमुख राष्ट्र न्यूजील्याण्ड र दक्षिण अफ्रिका जस्ता देशले अहिलेसम्म टी–२० विश्वकप जित्न सकेका छैनन् ।

न्यूजील्याण्ड २०२१ मा उपविजेता बनेको थियो भने दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । त्यस्तै आयरल्याण्ड र बंगलादेश एक एक पटक सुपर आठसम्म मात्र पुगेका छन् भने नेदरल्याण्डस एक पटक सुपर १२ मा, अफगानिस्तान एक पटक सुपर १० सम्म पुगेका छन् ।

त्यस्तै जिम्बाबे, नामिबिया र स्कटल्याण्ड एक एक पटक सुपर १२ सम्म पुगेका छन् ।

त्यस्तै नेपालले भने १० बर्षपछि टी–२० विश्वकपमा कम ब्याक गरेको छ । नेपालले यस अघि २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । सो विश्वकपको क्वालिफायरमा नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेर २ खेल जितेपनि बंगलादेशसँग पराजित हुदा रनरेटको आधारमा पछि पर्दै सुपर १० मा पुग्न असफल भएको थियो ।

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै
खेलकुद

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ जेष्ठ १९, शनिबार १०:३७
आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए
खेलकुद

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

२०८१ जेष्ठ १९, शनिबार १०:३७
बाँकी आईपीएल क्रिकेटको खेलका लागि अस्थायी रुपमा वैकल्पिक खेलाडी थप्न अनुमति
खेलकुद

आईपीएल क्रिकेटमा आज राजस्थान र पञ्जाब तथा दिल्ली र गुजरात खेल्दै

२०८१ जेष्ठ १९, शनिबार १०:३७

Discussion about this post

नयाँ प्रकाशित

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

किन आवश्यक छ गीता ज्ञान परीक्षा?

२०८१ जेष्ठ १९, शनिबार १०:३७
आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

आफ्नो मुटु बचाउन चाहनुहुन्छ ? आजैबाट त्याग्नुस् यी ७ बानी

२०८१ जेष्ठ १९, शनिबार १०:३७
परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

परीक्षा बोर्डले भन्यो- कक्षा-१२ को परीक्षा शान्तिपूर्ण भयो, सहयोग गर्ने सबैलाई धन्यवाद

२०८१ जेष्ठ १९, शनिबार १०:३७
आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

आईपीएल क्रिकेटमा लखनउ र हैदराबाद खेल्दै

२०८१ जेष्ठ १९, शनिबार १०:३७
हेर्नुहोस् कहाँ कहाँ छ वर्षाको सम्भावना !

अझै ३ दिन पानी पर्ने, ‘प्रि–मनसुन’ मै ‘मनसुन’ को जस्तो वर्षा

२०८१ जेष्ठ १९, शनिबार १०:३७
यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

यो वर्ष सबै बालीको उत्पादन बढ्ने अनुमान

२०८१ जेष्ठ १९, शनिबार १०:३७

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व