Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

गण्डकी प्रदेश प्रमुख भट्टसँग सुदूरका पूर्व सभामुख थापा सम्मिलित टोलीको भेट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ १०, बिहीबार १७:१५
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसँग सुदूरपश्चिम प्रदेशसभाका पूर्व सभामुख अर्जुनबहादुर थापासहितको ३५ सदस्यीय टोलीले आज पोखरामा भेट गरेको छ ।

कैलाली, धनगढी–८ स्थित सुर्मा साइपाल बचत तथा ऋण सहकारी संस्थाको भ्रमण टोलीमा सहभागी पूर्वसभामुख थापासहितको टोलीले पोखरा स्थित प्रदेश प्रमुखको निवासमा भेट गरी गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएकोमा हार्दिक बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

उक्त अवसरमा सहकारीका अध्यक्ष मदनराज रेग्मीलगायतले मायाको चिनो र खादा ओढाई सम्मान तथा शुभकामना प्रकट गरे । रेग्मीले सुदूरपश्चिमका सबैभन्दा अग्रज नेतालाई पार्टीले कदर गरेर ठूलो पदमा आसिन गराउँदा सुदूरकै सम्मानका रुपमा आफूहरुले लिएको बताए ।

प्रदेश प्रमुख भट्टले गृहप्रदेश सुदूरको टोलीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउँदै सम्मान तथा शुभकामनाका लागि आभार व्यक्त गरे । उनले आफू पार्टीबाट माथि उठेर साझा व्यक्तित्वका रुपमा जिम्मेवारी बहन गरिरहेको उल्लेख गर्दैै यसअघि विवादमा पार्ने कोसिस गरिएपनि सर्वोच्चले आफ्नो काम विधिकानुन बाहिर नरहेको प्रमाणित गरेको बताए ।

सुदूरपश्चिमका पूर्व सभामुख थापाले प्रदेश प्रमुख प्रदेशकै अभिभावक भएको भन्दै सुदूरपश्चिमका त्यागी, सादगी र जीवनभर क्रियाशील व्यक्तित्वलाई अभिभावकका रुपमा पाउने गण्डकीबासी भाग्यमानी रहेको बताए । उनले सभामुख पदमा रहेर जिम्मेवारी निर्वाह गर्दा प्रदेशप्रमुखको भूमिकालाई राम्रोसँग बुझेको बताउँदै सोचअनुसारकै व्यक्तित्व अहिले गण्डकीले पाएको उल्लेख गरे । कार्यक्रमको सञ्चालन सल्लाहकार समिति सदस्य हरिकृष्ण कडायतले गरेका थिए ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ
देश/राष्ट्रिय

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ जेष्ठ १०, बिहीबार १७:१५
आज बजेट सार्वजनिक हुँदै
देश/राष्ट्रिय

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ जेष्ठ १०, बिहीबार १७:१५
गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा
देश/राष्ट्रिय

गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति पुर्वी क्षेत्र साउदी अरबको नवौं अधिवेशन सम्पन्न, अध्यक्षमा लामा

२०८१ जेष्ठ १०, बिहीबार १७:१५

Discussion about this post

नयाँ प्रकाशित

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता

२०८१ जेष्ठ १०, बिहीबार १७:१५
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर

२०८१ जेष्ठ १०, बिहीबार १७:१५
भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

भिटामिन–डी को कमी छ ? यी पेय पदार्थ हुन सक्छन् समाधान

२०८१ जेष्ठ १०, बिहीबार १७:१५
लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

लोक सेवा आयोगले ७५औँ वार्षिकोत्सव ‘हीरक महोत्सव’ भव्य रूपमा मनाउदैँ

२०८१ जेष्ठ १०, बिहीबार १७:१५
आज बजेट सार्वजनिक हुँदै

प्रदेश सरकारले आज बजेट ल्याउँदै : केहीले सांसदलाई पनि बजेट छुट्टाउँदै

२०८१ जेष्ठ १०, बिहीबार १७:१५
आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला शुरु हुँदै, नेपालको खेल भोलि

२०८१ जेष्ठ १०, बिहीबार १७:१५

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व