सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सोतोकान कराते डो संघले प्रथम अन्तराष्ट्रिय प्रतियोगिता गर्दै

काठमाण्डौँ – सोतोकान कराते डो संघले अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने भएको छ । सोताकान कराते डो संघले काठमाण्डौमा बुधबार पत्रकार सम्मेलन गरेर प्रथम अन्तराष्ट्रिय खुल्ला प्रतियोगिताको आयोजना गरेको पत्रकारहरूलाई जानकारी दिएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा दर्ता भई नेपालको विभिन्न प्रदेश र स्थानीय तहमा खेल प्रतियोगिता आयोजना गर्दै आएको सोताकान करातेँ डो संघले जेठ १९ गते देखि २० गते प्रतियोगिताको आयोजना गर्ने भएको हो । सोताकान कराते (एसकेडीयुएन)को आयोजना र गाकर्णेश्वर नगरपालिकाको सह आयोजनामा प्रथम अन्तराष्ट्रिय खेल प्रतियोगिताको आयोजना गर्ने तयारी करिब पूरा भएको सोताकान कराते (एसकेडीयुएन)का विशेष प्रशिक्षक चित्र श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी सोताकान कराते डो संघले, नेपालको विभिन्न प्रदेश सगै स्थानीय तहमा समेत खेल प्रतियोगिताको आयोजना गर्ने तथा प्रशिक्षण दिने गरेको सोताकान कराते डो संघका प्रमुख प्रशिक्षक दोर्जेमान तामाङले जानकारी दिनुभयो । प्रशिक्षक दोर्जेमान तामाङले भन्नुभयो,“ सोताकान कराते (एसकेडीयुएन) विश्वका ३६ वटा राष्ट्रमा स्थापीत छ ।

म आफै पनि विभिन्न देशले आयोजना गरेको खेलकुद प्रतियोगितामा सहभागी भएको छु ।” त्यसैगरी आउने जेठ १९ देखि २० गते गोकर्णेश्वर नगरपालिकामा आयोजना गरेको प्रथम अन्तराष्ट्रिय खुल्ला कराते प्रतियोगितामामा करिब ७ वटा राष्ट्रका खेलाडीहरू सहभागी हुनसक्ने नेपाल सोतोकान कराते डो संघका अध्यक्ष बद्री बहादुर महतले जानकारी दिनुभयो ।

Mahakali Polytechnic

उहाँले भन्नुभयो, “खेल प्रतियोगिता आयोजनाको लागि हामीले करिब सम्पूर्ण तयारी पूरा गरिसकेका छौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाद्वारा खेलको उद्घाटन हुने तयारी गरेका छौँ । नेपाल सोतोकान कराते डा सङ्घबाट धेरै नेपाली खेलाडीहरू विश्वका विभिन्न देशले आयोजना गरेको प्रतियोगितामा सहभागी जनाई उपलब्धि प्राप्ति गरेका छन् । विश्वका विभिन्न देशमा पुगेर खेलमा सहभागी भएका खेलाडीहरूले नेपाललाई परिचित गर्ने काम गरेका छन् । 

World Link Ads

 

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.