Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख समक्ष पेस गर्‍यो वार्षिक प्रतिवेदन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८१ जेष्ठ ९, बुधबार १९:१२
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा – राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९-८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ। मंगलबार आयोगका अध्यक्ष बालानन्द पौडेलको नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो। नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा आयोजित एक समारोहबीच पौडेलले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।


आयोगको टोलीमा सदस्य विपिनराज निरौला, सहसचिव हुमनाथ पौडेल, कम्प्युटर ईञ्जिनियर भानुभक्त जोशी सहभागी हुनुहुन्थ्यो ।
प्रदेश प्रमुख भट्टले मुलुकमा वित्तीय संघीयता लागू गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग आवश्यक रहेकाले यसको स्थापना गरी विज्ञ टोलीबाट मुलुकले लाभ लिइरहेको बताउनुभयो ।


‘वित्तीय आयोग वास्तवमा देशका बौद्धिक वर्गहरु पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति, प्राकृतिक स्रोतसाधनलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने ज्ञान भएका भएका विज्ञ सम्मिलित आयोग हो ।’ – उहाँले भन्नुभयो– ‘सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेकाहरू रहने भएकाले नीति निर्माणका लागि आयोगको टोलीको ठूलो भूमिका हुन्छ ।’

प्रदेश प्रमुख भट्टले सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश अरु नभएको भन्दै नेपाल धनी देश रहेको बताउनुभयो । उहाँले यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा यसको उपभोग गर्न नसकिएको उल्लेख गर्नुभयो ।

आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदानतर्फ गण्डकी प्रदेशलाई सात अर्ब ६२ करोड २५ लाख उपलब्ध गराउन सिफारिस गरिएको बताउनुभयो । यस्तै, प्रदेश भित्रका स्थानीय सरकारलाई ८ अर्ब ९८ करोड ९८ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोही बमोजिम बजेट विनियोजन गरेको जनाउनुभयो । उहाँले आर्थिक वर्ष २०८०÷८१ का लागि प्रदेशहरुलाई रु. ६० अर्ब र स्थानीय तहहरुलाई रु. ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएबमोजिम नेपाल सरकारले सोही बमोजिम बजेट विनियोजन गरेको बताउनुभयो ।

यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई महालेखा नियन्त्रक कार्यालयले पूरै रकम हस्तान्तरण नगरेको बताउनुभयो ।आयोगलाई संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तह तथा प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान रकमको लागि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गर्ने अधिकार छ ।

संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार पनि आयोगलाई छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था
देश/राष्ट्रिय

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ जेष्ठ ९, बुधबार १९:१२
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
देश/राष्ट्रिय

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ जेष्ठ ९, बुधबार १९:१२
राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”
देश/राष्ट्रिय

राजनीति छोड्नेबारे आमासँग सोधे रेशम चौधरी, आमाको भावुक जवाफ : “अब त झन् छोड्नुहुन्न”

२०८१ जेष्ठ ९, बुधबार १९:१२

Discussion about this post

नयाँ प्रकाशित

यी सात मानिसले खानै हुन्न उखुको जुस

यी सात मानिसले खानै हुन्न उखुको जुस

२०८१ जेष्ठ ९, बुधबार १९:१२
भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

भोक लाग्दा पनि खाएन भने हुन्छन् यस्ता हानी

२०८१ जेष्ठ ९, बुधबार १९:१२
शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

शिक्षा विधेयकमा टुंगो लाग्दै: एसईई खारेज, शिक्षक नियुक्तिमा नयाँ व्यवस्था

२०८१ जेष्ठ ९, बुधबार १९:१२
दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

२०८१ जेष्ठ ९, बुधबार १९:१२
सुनको भाउ आज दुई हजार रुपैयाँले घट्यो

रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद

२०८१ जेष्ठ ९, बुधबार १९:१२
सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

सुदूरपश्चिम सरकार र स्थानीय तह कर्मचारीबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

२०८१ जेष्ठ ९, बुधबार १९:१२

आशीर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

संस्थापक: प्रकाश कलौनी

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: कुमारी हिरा भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व