कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले न्याय निरुपणका लागि मेलमिलाप सम्बन्धी कानुनी सचेतना अभिमुखीकरण (तालिम) सञ्चालन गरेको छ ।
भीमदत्त नगरपालिका न्याय समितिले न्यायिक निरुपण तथा मेलमिलाप सम्बन्धी कानुनी सचेतना अभिमुखीकरण (तालिम) सञ्चालन गरेको हो । न्यायपालिका सदस्य नर बहादुर साउदले वडा स्तरमै आउने समान्य प्रकृतिका विवाद निरुपणका लागि नगरका १९ वटै वडाका वडा सदस्य, मेलमिलापकर्ता एवम् सहजकर्ताहरूले तालिम दिएको बताए ।
उनका अनुसार १ देखि १९ वटै वडा सदस्य, मेलमिलापकर्ता एवम् सहजकर्ताहरूले तालिम दिएको छ । ‘हामीले गाउँघरमा आउने समान्य प्रकृतिका विवाद निरुपणका लागि स्थानीय सरकारलाई प्राप्त अधिकारको उपभोग गर्दै विवाद समाधान गर्ने गराउने उद्देश्य हो, ‘उनले भने, त्यही भएर सरोकारवालाहरूलाई तालिम लिएका छौँ ।’
भीमदत्त नगरकी उपप्रमुख एव न्याय समिति संयोजक निलम लेखकले स्थानीय सरकारबाट न्याय निरुपणका लागि सरोकारवालासँग समयमै अभिमुखीकरण गराएर विवाद समाधान गर्नका लागि तालिम सञ्चालन गरिएको बताए । उनले तालिममा सिकेका विषयवस्तु व्यवहारिक कार्यान्वयनमा जोड दिईन । तालिमका सहभागीहरूले समेत सिकेका विषयवस्तु आ–आफ्नो वडा, गाउँघरमा प्रयोग गर्दै समन्वय प्रकृतिका विवाद, पालिका, अदालत नपुर्याउने बताएका छन ।