सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फरार अभियुक्त सुनार तीन दशकपछि प्रहरीको फन्दामा

कञ्चनपुर । कुटपिट मुद्दा कञ्चनपुरका एक फरार अभियुक्त पक्राउ परेका छन । कुटपिट मुद्दा लागेर तीन दशकदेखि फरार भएका अभियुक्त पक्राउ परेका हुन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले कुटपिट मुद्दामा फरार भएका दोधाराचाँदनी नगरपालिका ९ बस्ने धन बहादुर सुनारलाई पक्राउ गरिएको बताए ।

Sana Kishan

सुनार ०५०सालतिर कुटपिट घटनामा संलग्न भएका थिए । कुटपिट घटनामा संलग्न भएका सुनारलाई १५ फागुन ०५०सालमा जिल्ला अदालतले ६ महिना कैद र २ हजार जरिवाना फैसला गरेको थियो ।

World Link Ads

‘सुनारले अदालतबाट तोकिएको कैद र जरिवाना नतिरेर लुकिछिपी बसेका थिए, ‘प्रवक्ता डाँगीले भने, ‘अपराध गरेर अदालतबाट पुष्टी भएका व्यक्ति लुकिछिपी बसेका रहेछन ।’ युवा अवस्थामा अपराध गरेका सुनार बृद्धपछि सजाय भोकिरहेका छन । उनलाई घरबाटै पक्राउ गरेर प्रहरीले आदालत पेश गरेको छ ।

प्रहरीले ३० बर्षपछि पक्राउ गरेर अदालत हुुँदै कारागार चलान गरेको छ । ३०बर्ष अघि अपराध गरेका सुनार ढिलैभएपनि कानुनको फन्दामा परेको यो घटनाले कानुन छल्नै नसकिने देखिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close