सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल बैंक शाखा महेन्द्रनगरले मनायो ८७ औँ बार्षिकोत्सव

कञ्चनपुर । नेपाल बैंक लिमिटेडले बार्षिकोत्सव मनाएको छ । नेपाल बैंक महेन्द्रनगर शाखा सहितका बैंक एव प्रादेशिक केन्द्रीय कार्यालयले ८७ औँ बार्षिकोत्सव मनाएका छन ।

विवित कार्यक्रम गरेर महेन्द्रनगर शाखा नेपाल बैंक लिमिटेडले बार्षिकोत्सव मनाएको छ ।

नेपाल बैंक महेन्द्रनगर शाखा प्रमुख महेशराज जोशीले विवित कार्यक्रम गरेर दिवस मनाएको बताए ।

World Link Ads
Sana Kishan

कार्यक्रमका कार्यक्रमका वक्ताहरूले नेपाल बैंक लिमिटेडले हरेक क्षेत्रमा मारेको फड्को र महेन्द्रनगर शाखाले प्रवाह गरिरहेको सेवा प्रवाहको मुक्तकण्ठले प्रशंसा गरेका थिए भने शाखा प्रबन्धक महेश राज जोशीले स्थापनाको आधारमा सधै पहिलो रहिरहने नेपाल बैंक लाई ग्राहकहरूको सेवा प्रवाहमा समेत सधै पहिलो राख्ने प्रतिबद्धता जनाएका थिए ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा नेपाल बैंक उदाहरणियरूपमा सेवा प्रवाहका साथै सेवा बिस्तारमा लागिरहेको छ ।

नेपाल बैंक लिमिटेडले देशैभरि विभिन्न कार्यक्रम गरि भब्यरूपमा बार्षिक उत्सव मनाईरहेको छ । हाल ७१ जिल्लामा शाखा सन्जाल विस्तार गरी बाह्य श्रोत समेत करीव ३६सय कर्मचारी मार्फत आधुनिक बैकिङ्ग सेवा विस्तारमा आक्रामक ढङ्गले प्रस्तुत भएको नेपाल बैंकले २ सय २८ शाखामार्फत कारोबार, २ सय ४ वटा एटीएम तथा ५८ वटा एक्सटेन्सन काउण्टर मार्फत देशैभर आफ्नो उपस्थिति जनाएको छ ।

महेश राज जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सुदूरपश्चिम विश्वविधालयका आदरणीय रजिष्ट्रार प्रा. यज्ञराज पाठक ज्युको प्रमुख आतिथ्यता तथा सिद्धनाथ बिज्ञान क्याम्पस प्रमुख डा. गजराम दमाई ,सुदूरपश्चिम विश्वविधालयका लेखा प्रमुख अशोक सिंह भण्डारी ,कञ्चनपुर जिल्लाका अग्रणी तथा लब्धप्रतिष्ठित ब्यवसायी लब देव पाण्डे , जगदम्बा छापाखानाका संचालक नरसिंह धामीको आतिथ्यता तथा महेन्द्रनगर शाखामा कार्यरत सम्पुर्ण कर्मचारीहरूको सहभागितामा शुभकामना आदान(प्रदान गरिएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close