सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेदकोट नगरपालिका ९ मा हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी पूरा

मनिषा भट्ट

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ९ मा भुईया समाज सेवा समितिमा को आयोजनामा शुक्रवारवाट हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पुर्ण तयारी भईसकेको छ ।
“बिना सत्संग विवेकन होई, रामकृपा विन सुलभन सोई” “तन—मन—धनले भगवात भगवानको सेवा गरौं ” भन्ने मुल मन्त्रका साथ सुरुहुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पुर्ण तयारी भइसकेको भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक भुईया समाज सेवा समितिमा का अध्यक्ष पुरुन रानाले वताउनु भयो ।
गाँउमा पहिलो पल्ट राना थारुहरु अगुवाईमा हनुगइरहेको महायज्ञले थारु समाजमा एकताको सन्देश दिएको र राना थारु समाजलेमात्र नभएर सवै समाजले राम्रो सहयोग गरेको अध्यक्ष पुरन रानाले वताए । तन शान्ती मन शान्ती पृती शान्तीकालागी यो महायज्ञ आयोजना गरेको आयोजक समितिका अध्यक्षले वताउनु भयो ।
कथाका मुख्य कथावाचक बालक बाबा लक्ष्मण भारताी रहने र महायज्ञको सुरुमा भोली शुक्रवार विहान ८ बजे १०८ वटा कलस भजन कृतन सहित कलस यात्रा बाट सुरुहुने दैनिक दिवा सत्संग प्रवचन , रात्रीकालिन सत्संग प्रवचन तथा बिशेष झाँकी हुने राना वताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close