रमेश प्रशाद भट्ट/कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जुवाखालमाथि ठुलो एक्सन गरेको छ । कञ्चनपुर प्रहरीले मगलबार बिहान भीमदत्त नगरपालिका १७ बाँसखेडाका एक घरबाट जुवाखेलाईरहेको अवस्थामा अढाई लाख बढी रकम सहित २८ जुहाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बाँसखेडाका भीम बहादुर ठगुन्नाको घरमा जुवातास खेलिरहेको अवस्थामा नगद, तास सहित २८ जना जुहाडे पक्राउ गरेको बताए । प्रवक्ता डाँगीका अनुसार जुवाखालबाट २लाख, ५८ हजार,६९४ रुपैया बरामद गरिएको छ ।

स्थानीय सहित केही जुहाडे जिल्ला बाहिरका छन । कार्तिक २८ गते एकै स्थानबाट सयोगबस २८ जुहाडे पक्राउ परेका हुन । पक्राउ पर्नेमा ईन्द्र पाठक, रमेश टमाटा, अमृत कठायत, गणेश महता, कोलाल सिह ठकुराठी, भुवन ठगुन्ना, रोहित पाल, भवानी सिह बुढा, पदम बहादुर बोहरा, भक्त धामी, आशिष खडका, किशन पाल, रामदत्त भट्ट, राम बहादुर ठगुराठी, किशन ठगुन्ना, भीम ठगुन्ना, राकेश ठगुन्ना, घनश्याम ठगुन्ना, रोशन विष्ट, प्रकास लाबड, सुरेन्द्र ठगुन्ना, खगेन्द्र बडुवाल, रामदत्त भट्ट देवेन्द्र विष्ट, दिपक बाग, नरपती सिह महता, करन बोहरा,चक्र्रपाल रहेका छन । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । भाईटिकाको अघिल्लो दिन २८जुहाडे पक्राउ परेसंगै उनीहरुलाई कार्बाही गरिने जनाईएको छ ।
