केशव थापा, कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा खुला भलिबल प्रतियोगिता हुने भएको छ । प्रगति एकता समाजको आयोजनामा खुला भलिबल प्रतियोगिता हुने भएको हो ।
शुभदिपावलीको अवसरमा बेलडाँडी गाँउपालिका १झिलमिला बस्तीमा रहेको प्रगति एकता समाजले २५ कार्तिकदेखि प्रतियोगिता आयोजना गरेको छ । प्रगति एकता समाजका अध्यक्ष शंकर दत्त भट्टले खेलकुद क्षेत्रको बृद्धिविकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

अध्यक्ष भट्टका अनुसार प्रतियोगिताका विजेता टिमलाई ५१ हजार, उपविजेता टिमलाई २५हजार एकसय नगद सहित ट्रफि मेडल प्रदान गरिने छ । बेलडाँडी १ सिद्धचोक स्थित सिद्धनाथ आधारभुत विद्यालयको प्राङणमा हुनेछ ।

टिम दर्ता शुल्क २ हजार ९सय ९९ तोकिएको छ । टिम सहभागिताका लागि जिल्लाका विभिन्न क्लबहरुलाई आमन्त्रण गरिएको छ । विगतका बर्षहरुमा समेत सिद्धचोकमा भलिबल प्रतियोगिता हुँदै आएको थियो ।
