सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बेलडाँडी गाउँपालिकाद्धारा जेष्ठ नागरिकलाई सम्मान सहित फलफुल बितरण

कल्पना साउद/कञ्चनपुर । बेलडाँडी गाउँपालिकाद्धारा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उक्त पालिकाले जेष्ठ नागरिकलाई सम्मान सहीत फलफुल बितरण गरि मनाएको छ ।

आइतबार आज बेलडाँडी गाउँपालिकाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा उक्त पालिका भित्रका २१ जना ज्येष्ठ नागरिकलाई सम्मान तथा फलफूल वितरण गरिएको हो ।

 

Sana Kishan

कार्यक्रममा सभापतित्व बेलडाँडी गाउँपालिका उपप्रमुख शान्ती नाथ, बिशिष्ट अतिथी पालिका प्रबक्ता गज बहादुर विष्ट,अतिथी ईलाका प्रहरी कार्यलय प्रमुख कृष्ण बहादुर कुवर, वार्डसदस्य,पालिका कर्मचारी लगायत जेष्ट नागरिकहरुको उपस्थिति रहेको थियो।

 

World Link Ads

उक्त कार्यक्रममा उपप्रमुख शान्ती नाथले पालिका भित्रका जेष्ठ नागरिकहरुलाई सम्मानका साथ फलफुल बितरण गर्नुभयाे । उपप्रमुख नाथले देश परिवर्तन भएतापनि समाज परिर्वतन हुन नसकेको उल्लेख गर्दै ज्येष्ठ नागरिक प्रति गरिने दुरव्यवहार विरुद्ध‍‍ सवै जनाले आवज उठाउन र ज्येष्ठ नागरिकहरुलाई हामी सबैले माया र सम्मान गर्नु पर्छ भन्दै सम्पूर्ण जेष्ठ नागरिकहरूमा सु-स्वास्थ्य, दीर्घायु तथा अटल सुख-शान्तिकाे हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close