कञ्चनपुर : ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा भीमदत्त नगरपालिकाका दुई वडा अध्यक्ष सम्मानित भएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १ र १३ का वडाध्यक्ष सम्मानित भएका हुन्। ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अबसरमा राष्ट्रिय जेष्ठ नागरिक समाज कन्चनपुरले सम्मानित गरेको हो।
राष्ट्रिय ज्येष्ठ नागरिक समाज कञ्चनपुरले आयोजना गरेको उक्त कार्यक्रममा भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष आसेफ कुँवर ‘भुन्टु’ र भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष राम बहादुर बोहरा ‘झक्कास’लाई सम्मानित गरेको हो ।

दुवै वडा अध्यक्षलाई जेष्ठ नागरिकको क्षेत्रमा कार्य गरेको भन्दै सम्मान गरिएको हो । वडाध्यक्ष कुँवरले निर्वाचित भएपछि आफुले पाउने पारिश्रमिक भीमदत्त नगरपालिका वडा नम्बर १ का ज्येष्ठ नागरिकहरूलाई वितरण गर्दै आएका छन्।

त्यसैगरी वडाध्यक्ष बोहराले वडा नम्बर १३ मा नमूना बस्ती निर्माण गर्नुका साथै सामाजिक कार्य गर्दै आएका छन्।
जेष्ठ नागरिक समाजका अध्यक्ष धनबहादुर खडायतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका अध्यक्ष दुर्गा बोहरा प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि बोहराले दुवै वडाध्यक्षलाई सम्मान गरेका थिए ।
