सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एनप्याब्सन कञ्चनपुरको आयोजनामा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

प्रकाश भट्ट/कञ्चनपुर : एनप्याब्सन कञ्चनपुरको आयोजनामा जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको पश्चिमी सीमा नाका गड्डाचौकी स्थित रहेको भुवनेश्वरी विद्या मन्दिरमा उक्त प्रतियोगिता सम्पन्न भएको हो। एनप्याब्सन कञ्चनपुरले आयोजना गरेको उक्त प्रतियोगितामा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीको प्रमुख आतिथ्य रहेको थियो भने एनप्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष झंकर राज जोशीको सभापतित्व रहेको थियो। शनिबार सम्पन्न उक्त कार्यक्रममा भिनपा ३ का वडा अध्यक्ष गगन सिहँ धामी र एनप्याब्सनका सुदूरपश्चिम प्रदेश सचिव विर बहादुर चन्दको विशिष्ट आतिथ्य रहेको थियो ।

प्रतियोगिता चार तहमा आयोजना गरिएको थियो। जसमा आधारभूत तह ‘क’ मा १६ वटा विद्यालय र आधारभूत तह ‘ख’ मा पनि १६ वटा विद्यालयको सहभागीता रहेको थियो भने माध्यमिक तह ‘क’ मा १० र माध्यमिक तह ‘ख‘ मा ३ वटा विद्यालय गरि १३५ जना विद्यार्थी प्रतियोगितामा सहभागी रहेका कार्यक्रमका सञ्चालक तथा एनप्याब्सन कञ्चनपुरका जिल्ला सचिव बलदेव भट्टले जानकारी दिएका छन्।

World Link Ads

त्यस्तै उक्त प्रतियोगिताबाट आधारभुत तह ‘क’ मा मोडर्न पब्लिक स्कुल प्रथम, श्री कृष्ण एकेडेमी दैजी द्वितीय, नवज्योति स्कुल बेलडाँडी तृतीय तथा लिटिल बुद्ध एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेको छ भने आधारभुत तह ‘ख’ सगरमाथा शिक्षा एकेडेमी बेलडाँडी प्रथम, युनाइटेड पब्लिक स्कुल द्वितीय, मर्नीङ् ग्लोरी सेकेण्डरी स्कुल तृतीय तथा विस्डम एकेडेमी बेलौरीले सान्त्वना स्थान प्राप्त गरेको छ।

Sana Kishan

त्यसै गरि माध्यमिक तह ‘क’ हाजिरी जवाफ प्रतियोगिता अन्तर्गत विस्डम एकेडेमी बेलौरी प्रथम, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी द्वितीय, सञ्जिवनी शुक्लाफाँटा तृतीय तथा लिटिल बुद्ध एकेडेमीले सान्त्वना स्थान प्राप्त गरेको छ भने माध्यमिक तह ‘ख अन्तर्गत मर्निङ ग्लोरी सेकण्डरी स्कुल प्रथम, भुवनेश्वरी विद्या मन्दिर गड्डाचौकी द्वितीयलिटिल बुद्ध एकेडेमी तृतीय स्थान प्राप्त गर्न सफल भएको छ।

एनप्याब्सन कञ्चनपुरका जिल्ला अध्यक्ष झंकर राज जोशीले कार्यक्रममा बोल्दै एनप्याब्सनले यस्ता प्रतियोगिताहरू निरन्तर गरिरहेको बताएका छन्।यस्ता प्रतियोगिताहरूले विद्यार्थिको बाह्य ज्ञान वृद्धी विकाशमा सेवा पुग्ने उहाँको भनाई रहेको छ।कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले विद्यार्थीले सिकाई किताबमा मात्रै सिमित नराखी बाह्य जानकारीहरूमा पनि चासो राख्नुपर्ने बताएका छन्।यसै उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो। साथै अध्यक्ष जोशीले यस्ता प्रतियोगीता तथा कार्यक्रमहरू निरन्तर गरिरहने प्रतिवद्धता समेत गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्तका नगर प्रमुख पदम बोगटीले एनप्याब्सन कञ्चनपुरले विद्यार्थीको हौसला बढाउने कार्य निरन्तर गरिरहेको भन्दै प्रसंसा गरेका छन्। एनप्याब्सन कञ्चनपुरका सह-सचिव नरेन्द्र बहादुर महताले यस्ता प्रतियोगीताले विद्यार्थिको चौतर्फी विकाशमा अहम भुमिका खेलेको बताएका छन्। भुवनेश्वरी विद्या मन्दिरकी सह-प्रधानाध्यापक भुवनेश्वरी चन्दले यो प्रतियोगिताले विद्यार्थीमा सकारात्मक प्रभाव पारेको बताएकी छन्।

No description available.

प्रतियोगितमा प्रथम, दितिय, तृतिय र सानत्वना स्था स्थान प्राप्त गर्न सफल विद्यालयलाई ट्रफी सहित प्रमाण पत्र वितरण गरिएको छ भने प्रतियोगीतामा सहभागी विद्यालयलाई समेत सहभागीताको प्रमाण पत्र वितरण गरिएको एनप्याब्सन कञ्चनपुरका जिल्ला सचिव भट्टले जानकारी दिएका छन्।कार्यक्रममा उपस्थित अधिकांश वक्ताहरूले एनप्याब्सन कञ्चनपुरले शैक्षिक क्यालेण्डर बनाएर नियमित रुपमा विद्यार्थीमुखी कार्यक्रम गर्दै आएकोमा प्रशंसा गरेका छन् । कार्यक्रममा ३०० जना भन्दा बढी विद्यार्थी तथा शिक्षक लगायतको उपस्थिति रहेको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close