कञ्चनपुर : कञ्चनपुर वनको टोलीले लालझाडी गाँउपालिका ३ का नत्थु रानाबाट बरामद गरेको बदेलको मासु नष्ट गरिएको (खाडल)मा गाडिएको छ । लालझाडी सव डिजिन वन कार्यालयको टोलीले ३१ साउनमा रानाको साथबाट झण्डै २ किलो बदेलको मासु सहित पक्राउ गरेको थियो ।
उक्त बदेलको मासुको नमुनालाई वनले राष्ट्रिय विधी विज्ञान प्रयोगशाला खुमलटारमा परीक्षणका लागि पठाईएको थियो । लालझाडी सव डिजिन वन कार्यालय लालझाडीका प्रमुख हरि नारायण यादवले परीक्षणका लागि पठाएको बदेलको मासुको नमुना बदेलकै पुष्टी भएर आएको बताए ।
बुधबार डिभिजन वन कार्यालय कञ्चनपुरको सुरक्षा शाखा प्रमुख जमदार अर्जुन थापा, लालझाडी सव डिजिन वन कार्यालय लालझाडीका प्रमुख हरि नारायण यादव, प्रहरी, जनप्रतिनिधी पत्रकार सहितको उपस्थितिमा नष्ट गरिएको छ ।