सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडको “अभिकर्ता सम्मान तथा तालिम” कार्यक्रम सम्पन्न

कञ्चनपुर : नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडले “अभिकर्ता सम्मान तथा तालिम” कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम असोज ६, ७ र ८ गते काठमाण्डौ स्थित हायात रिजेन्सी होटलमा आयोजना गरिएको थियो। उक्त तिन दिने कार्यक्रमबाट अभिकर्तालाई सम्मान तथा तालिम प्रदान गरिएको नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाका चिफ बिजनेस म्यानेजर राजेन्द्र बहादुर चन्दले जानकारी दिएका छन्।

Sana Kishan

कार्यक्रममा नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षता रहेको थियो भने कम्पनीका सीईओ सुरेश प्रसाद खत्री, पूर्व सीईओ तथा कम्पनीका सल्लाहकार भरत बस्नेत लगायत बिभिन्न विभागका विभागीय प्रमुख , प्रदेश प्रमुख, शाखा प्रमुख लगायत देश भरिबाट उत्कृष्ट काम गर्ने ३५० जना भन्दा बढि अभिकर्ताहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रमबाट कञ्चनपुरकी तुलसी चन्दलाई २०७९-८० मा सञ्जालबाट उत्कृष्ट बीमा शुल्क संकलन गरी नेपाल अधिराज्यबाट आठौँ स्थान र  सुदूरपश्चिम प्रदेशमा प्रथम स्थान प्राप्त गरेको भन्दै सम्मानित गरिएको छ। सम्मानित हुने चन्दले आफूलाई अमूल्य सम्मान गरेकोमा नेशनल लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेड प्रति आभार प्रकट गर्दै यसले थप हौसला प्रदान गरेको बताउनुभयो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close