सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरको खेलकुद क्षेत्रमा भूमिका निर्वाह गरेका पुर्व खेलाडीलाई सम्मान

कञ्चनपुर: कञ्चनपुर जिल्ला तेक्वान्दो संघले खेलकुद क्षेत्रमा भूमिका निर्माण गरेका पुर्व खेलाडीलाई सम्मान गरेको छ । कञ्चनपुर जिल्ला तेक्वान्दो संघले शनिबार महेन्द्रनगर कर्बडहलमा दीक्षान्त समारोह कार्यक्रममा तेक्वान्दो सहित विभिन्न खेलकुद क्षेत्रमा भूमिका निर्माण गरेका पुर्व खेलाडीलाई सम्मान गरेको हो । कञ्चनपुर जिल्ला तेक्वान्दो संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र केसीले पृथ्वीलाल सुब्बा, प्रेम बहादुर केसी र पुर्ण बहादुर पौडेललाई मरणोप्रान्त सम्मान गरिएको छ ।

भने कान्तिपुर दैनिक सुप प्रदेशका ब्यूरो प्रमुख रहेका रहेका पत्रकार एव पुर्व खेलाडी चित्राङ्ग थापा, समाजसेवी एव पुर्व खेलाडी लिलाध्वज बस्नेत, गोबिन्द स्वाँर, भावना केसी, चम्पासिह भण्डारी, तारासिह भाट, महेन्द्र ठाकुर, दिनेश पाल, धनीराम पार्की, हरिश चन्दलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रसंसा पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

World Link Ads
Sana Kishan

तेक्वान्दो संघ कञ्चनपुरका ५५ खेलाडीलाई समेत विभिन्न पदका साथ दीक्षित गरिएको छ । बेलौरीका स्थानीय एव तेक्वान्दोका खेलाडी नविन सिह बोहराले ब्याकबेल्ट फष्टडन सहितको प्रमाण पत्र ग्रहण गरेका छन । बोहराले अध्ययन सहित विवित कारण प्रमाण पत्र लिन बाँकी रहेको र अहिले लिएको हुन । बोहरा सहित अन्य खेलाडीलाई प्रमाण पत्रका साथ मेडल दिएर सम्मान गरिएको हो । कार्यक्रमका बिशिष्ठ अथिति रहेका कञ्चनपुर खेलकुद समितिका उपाध्यक्ष कैलाशचन्द्र गिरीले खेलकुद क्षेत्रको बृद्धि विकासका लागि खेलाडीको महत्वपूर्ण भूमिका हुने बताए ।

 

उपाध्यक्ष गिरीले जिल्लाको खेलकुद विकासका लागि समितिबाट थप कार्यक्तम गर्ने बचन दिए । प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका प्रमुख पदम बोगटीले खेलकुद क्षेत्रको विकासका लागि पालिका सरकारले आवश्यक सक्दो पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

कञ्चनपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहको अध्यक्षतामा भएको कार्यक्तमको संचालन जिल्ला तेक्वान्दो संघका सल्लाहकार विमल खडायतले गरेका थिए । कार्यक्रममा पुर्व खेलाडी, खेलाडी लगायतका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close