कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका ९ रतनपुरमा रहेको पशुपति शिक्षा मन्दिरको विद्यालय भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्तमका विच नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले विद्यालय भवन उद्घाटन गरेका हुन । विद्यालय भवन उद्घाटन गर्दै राजदुत श्रीवास्तवले नेपालको समाजिक कार्यमा भारतबाट सहयोग दिदै गर्ने बताए ।

पशुपति शिक्षा मन्दिरका प्रिन्सिपल सुरेन्द्र ओझाले भारतीय दुताबासको सहयोगमा निर्माण गरिएको तीन तले भवनको नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले उद्घाटन गरेको बताए । ‘केही बर्ष अघि तीन तले १५ कोठे भवन निर्माण भएको थियो, ‘उनले भने, ‘उनले भने, ‘उद्घाटन गर्न बाँकी थियो, अहिले गरिएको छ ।’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहराले नेपालको समाजिक, आर्थिक विकासमा छिमेकी मुलुक भारतको भूमिका हुने बताए ।
कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक सहितको सरोकारवालाको सहभागिता रहेको थियो ।
