सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

थारु समुदायले महान पर्व अटवारीलाई धुमधामका साथ मनाए

कञ्चनपुर : कञ्चनपुरमा थारु समुदायको महान पर्व अटवारी धुमधामका साथ मनाईएको छ । आईतवार जिल्लाका बिभिन्न क्षेत्रहरुमा भव्यताका साथमा अटवारी मिलन कार्यक्रमको आयोजना गरिएको थियो । “ राष्ट्रिय एकता म विविधता हमार शान थारु भाषा, संस्कति बचैना हमार अभियान” भन्ने नारा सहितवेदकोट नगरपालिका ७ मन्दिरपुर गाउँ स्थित महाकाली सिचाई प्रणाली ब्लक डी को प्राङ्गणमा बेदकोट नगर स्तरीय अटवारी मिलन कार्यक्रम सम्पन्न भएको छ ।

May be an image of 2 people and temple

मन्दिपुरका बडघर प्रेम डंगौराको सभापतित्वमा, नगर उपप्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो । यस्तै, बिशिष्ट अतिथीमा वेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक चन्द, निवर्तमान उपप्रमुख सुशिला सिंह,शुक्लाफाँटा एफएमका अध्यक्ष बलबहादुर डगौरा, आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद जिल्ला अध्यक्ष विकास श्रेष्ठले आज नै २६४३ औँ थारु सम्वत पनि रहेकाले थारु समुदायको महत्वपुर्ण महान पर्व रहेको बताए । दाङ्गका थारु राजा दङ्गीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेला महाभारतका पाँच पाण्डव मध्ये भिमले लडाई लडेर थारु राज्यलाई सुरक्षा गरेको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन रहिआएको किवदंती छ ।

World Link Ads

No description available.

Sana Kishan

अट्वारी पर्वमा थारु समुदायका युवाहरुले महाभारतको भिम अर्थात भेवाको पुजा गरी दिनभरी निराहार ब्रत बस्ने उनले बताए । यसरी अट्वारी पर्वमा ब्रत बस्दा भिम जस्तै बलवान हुने धार्मिक बिश्वास रहेको उनले जिकिर गरे । यस्तै कार्यक्रमका प्रमुख अतिथी वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले संस्कृती हाम्रो पहिचान रहेको र संस्कृती हराए हामी आफै पनि हराउन सक्ने आफनो अस्तित्व जोगाउन नसकिने बताईन् । हामीले आफना धर्म, संस्कृती, रहनसहनलाई जेगर्ना गरिनु पर्ने र बिभिन्न जातजातीहरुको आफनै पहिचान रहेको कला संस्कृतीहरु हाम्रा धरोहर रहेको बताईन् ।

No description available.

सरकारले पनि संस्कृती सम्बद्र्धन गर्नका लागी पहल गरिनु पर्ने र बिभिन्न समुदायका लागी पनि बिधी विधान पद्धती तयार गरेर विगतको सरकारले छुटाएको केही कुरालाई परिपुर्ती गदृै आफुहरु अगाढी बढी रहेको बताईन् । दाजु भाईहरुले आफना दिदिबहिनीहरुलाई कोसेली लैजाने परम्पराले भावना संग मेल खाने मन छुने सम्बन्धलाई प्रगाढ बनाउने सन्देश दिएको र यो अलौकिक रहेको बताईन् । थारु समुदायले आईतवार राती अटवारी पर्वको लागि भन्सरीया भात अर्थात दर खाएका छन् । कैलाली, कञ्चनपुर, बर्दिया, बाके, सुर्खेत र दाङ्ग लगायत कपिलवस्तुका थारु समुदायले धुमधामसंग अट्वारी पर्व मनाएका छन् ।

May be an image of one or more people and temple

No description available.

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close