कञ्चनपुर: सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघमा ११ जना प्राध्यापक निर्वाचित भएका छन । आइतबार सम्पन्न भएको प्राध्यापक संघको दोस्रो केन्द्रीय अधिवेशनबाट ११जना निर्वाचित भएका हुन ।
सुप विश्वविद्यालय प्राध्यापक संघका सभापति उत्तम थापाले ११ सदस्यका लागि १३ जना उम्मेदवार चुनावमा होमिएको बताए । उनका अनुसार नेपाल संस्कृति विश्वविद्यालय शारदा विद्यापिठका क्याम्पस प्रमुख डा.भोजराज जोशी मुख्य निर्वाचन अधिकृत रहेको निर्वाचनमा ११सदस्य पदका लागि १३ जना उम्मेदवार रहेको बुझिन्छ ।

ईसा जोशी गिरीराज कठायत डा. राजेन्द्रबिर चन्द, धनसिह विष्ट, मान ब. चन्द, धना दानी, महेन्द्र ब. चन्द, राजेन्द्र प्रशाद जोशी, दान ब. मडै, ईश्वर कुमार हमाल, केशव बहादुर थापा निर्वाचित भएका छन । भने रक्षा शर्मा, मदन सिह बोहरा पराजित भएका छन । उक्त ११ जनामा ५ काँग्रेस, ३ एमाले, २ माओवादी केन्द्र र १ नेकपा एकीकृत समाजवादी निकट प्राध्यापक निर्वाचित भएका छन ।

सुप विश्वविद्यालय केन्द्रीय संघमा ५५ मतदाता मध्ये ५२ मत खसेका, ४६ सदर ६ बदर भएको छ । एकल संक्र्रमणकालिन निर्वाचन प्रणालीमा अब ११ निर्वाचित सदस्यमध्ये पदाधिकारी छनौट हुनेछ । समाचार तयारपारुन्जेलसम्म पदाधिकारीमा छनौट हुन नसकेको थिएन ।
