सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा लागुपदार्थ सेवन गर्ने चालकहरुलाई अब कारवाही हुने

कञ्चनपुर : कञ्चनपुरमा लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने गर्ने चालकहरुलाई अब कारवाही हुने भएको छ । विगतका दिन देखी मादक पदार्थ सेवनको चेकजाँच भई रहेको अवस्थामा अबदेखी जिल्लामा लागु पदार्थ सेवन गरी सवारी हाँक्ने चालहरुलाई कारवाही हुने भएको छ ।   

मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुर, ट्राफिक प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त साझेदारीमा शनिवारदेखी उक्त लागु पदार्थ सेवन गर्नैलाई चेकजाँच गरिएको छ । अस्पताल हाल पहिलो चरणमा २५ वटा लागु पदार्थ सेवन गरेको छ वा छैन भनेर जानकारी दिने परिक्षण किट अस्पतालले हस्तान्तरण गरेपछि सडकमा परिक्षण गरिएको थियो । पहिलो दिनमा लगभग ८० प्रतिशत व्यक्तीहरुमा लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाईएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले जानकारी दिएका छन् ।

World Link Ads

अब चाड पर्वको समय पनि न जिक आई रहेको बेलामा बढी जसतिो मादकपदार्थ लागुपदार्थ खाएर बढी सवारी साधन चलाउने परिवृद्धी बढने भएकाले अहिले जिल्लामा आफुहरु संग रहेका परिक्षण किटको प्रयोग गरि कम भन्दा कम दुर्घटना होस भन्ने उद्येस्यका साथमा लापसे चेकजाँच गरिएको बताए । लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउँदा चालक आफु मात्र जोखिममा नपर्ने उक्त सवारी साधनमा सवार अन्य यात्रुहरुलाई पनि जोखिम रहने भएकाले मादक पदार्थ, लागु पदार्थ सेवन नगर्न उनले आग्रह गरे, यस्तै मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायले मन्त्र अस्पतालले ट्राफिक प्रहरी कार्यालयलाई अहिले २५ वटा किट हस्तान्तरण गरिएको बताए ।

Sana Kishan

यो अभियानले कम भन्दा कम दुर्घटना होस र आफनो स्वास्थ्य प्रती चालकहरु पनि सजग हुनुपर्ने बताए । चालक स्वयमको मात्रै ज्यान जोखिममा नरहने यात्रुहरु पनि जोखिममा रहने भएपछि यो लागु पदार्थ सेवन नगरी सवारी साधनहरु संचालन गर्न उनले आग्रह गरे । यसरी चालकहरुको लापसे चेकजाँच सराहनिय रहेको स्थानियहरुले बताएका छन् ।

यो चेकजाँच क्षणिक नभएर आगामी दिनहरुमा पनि निरन्तरता रहनु पर्ने सवारी चालक करनसिंह बुढाऐरले बताए । आफु पनि लागुपदार्थ विगतको दिनमा आफुले पनि लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको भएपनि अहिले १० वर्षदेखी उक्त सम्पुर्ण कुरा त्यागेर सवारी साधन चलाईरहेको बताए। यसरी मादक पदार्थ, लागु पदार्थ सेवन गरेर सवारी साधन संचालन गरेर दुर्घटना हुने सम्भावना बढ रहने उनले बताए ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close