सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वर्ल्डलिंक कम्युनिकेसनस महेन्द्रनगर शाखाले सडक सुरक्षाको लागि ट्राफिक प्रहरीसँग गर्यो सहकार्य

कञ्चनपुर : 'सडक दुर्घटना हुनबाट बचौं र बचाऊँ’ भन्ने नाराका साथ वर्ल्डलिंक कम्युनिकेसनस महेन्द्रनगर शाखाले सडक सुरक्षाको लागि ट्राफिक प्रहरीसँग सहकार्य गरेको छ ।

पछिल्लो समयमा सडकमा अत्यधिक सडक दुर्घटना भइरहेको हुनाले त्यस्को न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने मूल उद्देश्यका साथ वर्ल्डलिंकले प्रहरीसँग सहकार्य सुरु गरेको वर्ल्डलिंक कम्युनिकेसनस महेन्द्रनगर शाखाका प्रमुख धनराज उपाध्यायले जानकारी दिएका छन्।

Sana Kishan

शनिवार एक कार्यक्रमको आयोजना गरी वर्ल्डलिंकका ३० जना भन्दा बढी कर्मचारीलाई जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरका इन्चार्ज नरेस बिकले अभिमुखीकरण समेत गरेको शाखा प्रमुख उपाध्यायले जानकारी दिए ।

World Link Ads

इन्चार्ज बिकले सडक दुर्घटनाको वर्तमान अवस्था तथा सडक दुर्घटनाबाट बच्ने उपायहरुका बारेमा कार्यक्रममा अभिमुखीकरण गराएका हुन् ।

वर्ल्डलिंक कम्युनिकेसनसका कर्मचारी आफ्नो क्षेत्र परिसर भित्र विभिन्न सेवा दिने क्रममा यात्रा गर्नुपर्ने भएकाले सडक सुरक्षित कायम कसरी गर्ने र कर्मचारीलाई थप ट्राफिक नियम सम्बन्धी जानकारी समेत गरिएको वर्ल्डलिंक कम्युनिकेसनस महेन्द्रनगर शाखाका प्रमुख उपाध्यायले जानकारी दिएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close