कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका ०५ बनगाउँ स्थित रहेको प्रकाश मेमोरियल पब्लिक स्कूलले विविध कार्यक्रम गरी ५९ औं बाल दिवस मनाएको छ।
बाल दिवसको अवसरमा जनचेतनामुलक प्रभात फेरी तथा सुकासाल चोकमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरिएको विद्यालयका शिक्षक अपिल ओझाले जानकारी दिएका छन्।

साथै विद्यालय व्यवस्थापन समिति अध्यक्ष निलम आलेले विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई बालअधिकार बारे जानकारी समेत प्रदान गरेको गरेको उहाँले बताउनुभयो।

विद्यार्थी भनेका देशका कर्णधार हुन् उनीहरुको भविष्य सुनिश्चित हुनुपर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष आलेको भनाइ रहेको छ। उहाँले भन्नुभयो ' विद्यार्थी भनेका देशका कर्णधार हुन्, आजका साना बालबालिका यो देशका भविष्य हुन् तसर्थ उनीहरूको भविष्य सुनिश्चित हुनुपर्दछ।'
उक्त कार्यक्रममा विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।
