कञ्चनपुर : मर्निङ ग्लोरी सेकेन्डरी स्कुलले कञ्चनपुरको वेदकोट नगरपालिका ०७ रौटेला स्थित श्री बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा वृद्धहरूलाई फलफूल वितरण गरी बाल दिवस मनाएको छ। ५९ औँ बाल दिवसको अवसरमा मर्निङ ग्लोरी सेकेन्डरी स्कुलका विद्यार्थीले वृद्धवृद्धा हरुलाई फलफूल वितरण गरेको विद्यालयका प्रधानाध्यापक बलदेव भट्टले जानकारी दिएका छन्।
साथै विद्यार्थीहरुलाई पढाइप्रति थप हौसला प्रदान गर्न प्रथम त्रैमासिक परीक्षामा प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार समेत प्रदान गरिएको प्रधानाध्यापक भट्टले बताएका छन्।

कक्षा कोठा भित्र मात्रै सिकाइ हुँदैन भन्ने मान्यताले कक्षा ४ र ८ सम्मका विद्यार्थीलाई महेन्द्रनगर स्थित भीमदत्त पार्कमा प्राकृतिक वस्तुको अवलोकन गरी प्रतिवेदन समेत तयार गर्न लगाइएको विद्यालयका एकेडेमिक सहजकर्ता पृथ्वी राज भट्टले बताउनुभयो।

साथै विद्यालयका शिक्षक शिक्षिकाले विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई बालअधिकार बारे जानकारी समेत प्रदान गरेको विद्यालयका एकेडेमिक सहजकर्ता भट्टले बताउनुभयो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केशव बहादुर चन्दले बाल दिवसको उपलक्ष्यमा सम्पुर्ण बालबालिकाहरुलाई शुभकामना समेत व्यक्त गरेका थिए। वाल दिवसकै अवसरमा विद्यालयमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि गरिएका थिए।
