सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा प्रस्तावित शिक्षा विधेयक जलाईयो

कञ्चनपुर : कञ्चनपुरमा प्रस्तावित शिक्षा विधेयक जलाईएको छ । जिल्ला शिक्षक संघ संगठनहरुले शिक्षा विधेयक शिक्षकको हकहित भन्दा पनि शैक्षिक माफियाको पक्षमा भएको भन्दै शुक्रबार शिक्षा विधेयक जलाएका हुन ।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय महेन्द्रनगरको प्राङगणमै विधेयक जलाएर आन्दोलनको चेतावनी दिएका छन ।

नेपाल राहत शिक्षक समिति केन्द्रीय सह बरिष्ठ अध्यक्ष नविन सिह धामीले विधेयक शिक्षक, कर्मचारीको हित विपरित भएको बताए ।

‘यो कालो विधेयक जलाउने मात्रै होईन, परास्थ पार्नुपर्छ, ‘उनले भने, ‘आज त यो साँकेतिक मात्रै हो, ‘उनले भने, ३ असोजदेखि थप सडक आन्दोलन गछौँ ।’

Mahakali Polytechnic

शिक्षक बिरोध, योग्यतामाथि धावा बोल्ने कार्य भएको बताए । बाल विकास, विद्यालय कर्मचारी, राहत, अनुदान साविक उच्च मावि स्थायी सबै शिक्षक बिरोध विधेयक खारेजीका लागि सडक आन्दोलनको विकल्प नभएको बताए ।

World Link Ads

नेपाल शिक्षक संघ सुप प्रदेशका अध्यक्ष बिर्ख बहादुर मल्लले विधेयक कालो भएकाले त्यस बिरुद्धमा देशैभरीका शिक्षक आन्दोलनमा उत्रिएको बताए ।

Sana Kishan

साविक उच्च मावि यूनियन कञ्चनपुरका अध्यक्ष डम्बर दत्त जोशीले विधेयक स्रशोधनमा जोडदिए । कञ्चनपुरका शिक्षक नेता गणेश धानुकले शिक्षक महासंघको कार्यक्रम अनुरुप आन्दोलन भएको बताए । बाल दिवसकै दिन नयाँ शिक्षा विधेयक जलाएसंगै शिक्षा क्षेत्रमा आउने कार्यक्रम शंस्कापद रहेको शिक्षकले बताएका छन । शिक्षकको हकहितका लागि दलको कार्यकर्ता बन्न नहुने समेत बताईएको छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds