सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

१५८ औं मोती जयन्तीको अवसरमा साहित्यकार रिजाल सम्मानित

कञ्चनपुर : कञ्चनपुरका साहित्यकार तथा महाकाली बहुमुखी क्याम्पस बेलाैरीका सहायक क्याम्पस प्रमुख गंगा प्रसाद रिजाल सम्मानित भएका छन्।

बिहीबार १५८ औं मोती जयन्तीको अवसरमा मानसखण्ड फाउन्डेसनको आयोजनामा तथा गुगुल्डी वाङ्मय प्रतिष्ठानको सहकार्यमा र रेडियो शुक्लाफाँटाको विशेष सहयोगमा सम्पन्न गजल/मुक्तक वाचन कार्यक्रमका विच साहित्यकार रिजाललाई सम्मान पत्र प्रदान गरिएको हो।

World Link Ads
Sana Kishan

विगत लामो समयदेखि नेपाली तथा डोटेली भाषा साहित्य एवम कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको र विषेशगरी गजल साहित्यको श्रीवृद्धिमा विशेष योगदान पुर्याएको भन्दै साहित्यकार रिजाललाई सम्मानित गरिएको जनाइएको छ।

सम्मानित हुने साहित्यकार रिजालले आफूलाई अमूल्य सम्मान गरेकोमा मनसखण्ड फाउन्डेसन र गुगुल्डी वाङ्मय प्रतिष्ठान प्रति आभार प्रकट गर्दै यसले थप हौसला प्रदान गरेको बताउनुभयो।

उक्त कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष राकेश चन्दकाे सभापतित्व तथा वरिष्ठ साहित्यकार पञ्चमराज भट्टकाे प्रमुख आतिथ्यता रहेको थियाे । सहभागीहरुलाई संस्थाका सचिव हेमबाबु लेखकले स्वागत गरेकाे कार्यक्रमलाई साहित्यकार कविराज भट्टले सञ्चालन गरेका थिए । समाराेहमा पूर्व मन्त्री तथा साहित्यकार प्रेम सिंह धामी, माेतीराम भट्ट र संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङ प्रति हार्दिक श्रद्धासुमन अर्पण गरि एक मिनेट माैन धारण गरिएको थियाे । तिनवटै महान् व्यक्तिहरुकाे बारेमा गुगुल्डि वाङमय प्रतिष्ठानका सचिव जगदीश ओझाले प्रकाश पार्नु भएको थियाे ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close