सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चन्दले वृद्धाश्रममा मनाए जन्मदिन

कञ्चनपुर : सुदूरपश्चिम नमुना बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय गुनासो व्यवस्थापन विभाग सदस्य नरेन्द्र बहादुर चन्दले वृद्धाश्रममा जन्मदिन मनाएका छन्। चन्दले कञ्चनपुरको वेदकोट नगरपालिका ०७ रौटेला स्थित श्री बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा वृद्धहरूलाई फलफूल, मिठाई तथा बिस्कुट वितरण गरेर जन्मदिन मनाएका हुन्।

उक्त कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री भोज राज जोशी (क्वालिटी) को समेत उपस्थिति रहेको थियो।

World Link Ads
Sana Kishan

जन्मदिनको अवसरमा वृद्ध आमाबुवालाई फलफूल वितरण गर्न पाउँदा निकै हर्षित महसुस भएको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री जोशीले वृद्ध आमाबुवालाई आफूले सकेको सहयोग सबैले गर्नुपर्ने बताएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close