कञ्चनपुर । कञ्चनपुरमा १५८ औं मोती जयन्ती समारोहको अवसरमा गजल मुक्तक कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसनको आयोजनामा तथा गुगुल्डी वाङ्मय प्रतिष्ठानको सहकार्यमा र रेडियो शुक्लाफाँटाको विशेष सहयोगमा गजल÷मुक्तक वाचन कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा विगत लामो समयदेखि नेपाली तथा डोटेली भाषा साहित्य एवम कला संस्कृतिको क्षेत्रमा विशेष योगदान पुर्याएको र विषेशगरी गजल साहित्यको श्रीवृद्धिमा विशेष योगदान पुर्याएको भन्दै २ जना साहित्यकारलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेमा साहित्यकार गंगा प्रशाद रिजाल र धर्मानन्द भट्टलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको गुगुल्डी वाङ्मय प्रतिष्ठानका सचिव जगदीश ओझाले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममा मानसखण्ड फाउन्डेसनका उपाध्यक्ष राकेश बहादुर चन्दको सभापतित्व रहेको थियो भने प्रमुख अतिथीमा उपप्रध्यापक बाल जगृती साहित्यकार पञ्चमराज भट्ट बिशिष्ट अतिथीमा साहित्यकार कल्पना ओझा, चन्द्रकला पन्त, डम्वर शर्मा, आचार्य घनश्याम लेखक, सुरेन्द्र ओझा रहेका थिए भने, कार्यक्रम संचालनमा गुगुल्डी वाङ्मय प्रतिष्ठानका केन्द्रिय सदस्य कविराज भट्टले गरेका थिए ।

कार्यक्रममा मोतिराम भट्ट, प्रेमसिंह धामी तथा स्व. सुवासचन्द्र नेम्वाङ प्रति श्रद्धान्जली अर्पण गर्दै रचना वाचन गरिएको गुगुल्डी वाङ्मय प्रतिष्ठानका सचिव ओझाले जानकारी दिनुभयो।
