सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा गौरा उत्सव सम्पन्न

प्रकाश भट्ट/कञ्चनपुर : होटल व्यवसायी संघ कञ्चनपुरको आयोजनामा महेन्द्रनगर स्थित खुल्लामञ्चमा गौरा उत्सव २०८० सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रममा होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टको अध्यक्षता रहेको थियो। 'विविधतामा एकलाई आत्मसात गर्दै' भन्ने नाराका साथ उत्सव मनाइएको होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश चन्द्र भट्टले बताउनुभयो।

उहाँका अनुसार सुदूरपश्चिमको कला संस्कृतिलाई नयाँ पुस्तामा सुम्पिनुपर्छ र नयाँ पुस्तामा मौलिक परमपरा तथा चाडपर्वको बारेमा जानकारी दिनुपर्छ भन्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो।

World Link Ads

Sana Kishan

उक्त कार्यक्रमबाट २८ जना देउडिया, साहित्यकार, तथा सुदूरपश्चिमको कला संस्कृतिको क्षेत्रमा कार्य गरिरहेका संघ संस्थालाई सम्मान गरिएको होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव राम चन्द्र रेग्मीले बताउनुभयो।

साथै कार्यक्रममा देउडा, ढुस्को, धमारीको आयोजनामा गरेर रमाइलो समेत गरिएको महासचिव रेग्मीले जानकारी दिएका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close