सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितको भोक हडतालमा युवा नेता ऐरको समर्थन

प्रकाश भट्ट/कञ्चनपुर : झण्डै २२ वर्षदेखि नर्किय जीवन व्यतीत गरिरहेका शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितले काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन्। उक्त भोक हडतालमा नेकपा माओवादीका युवा नेता नवराज ऐरले समेत समर्थन गरेका छन्।

तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले शाहि सेनाको प्रयोग गरि १५०० परिवारलाई जबर्जस्ति घरवार बिहिन बनाएसंगै ती परिवारजनहरु सोही आरक्षको आसपास क्षेत्रमा अस्थायि टहरा बनाएर बसिरहेका युवा नेता ऐरको भनाइ रहेको छ ।

वर्षेनी जंगली जनावरको आक्रमण, शिक्षा, स्वास्थ्य, खानेपानि, बिद्युत, वासस्थान लगायत राज्यका सेवासुबिधाबाट समेत ती परिवारहरू बञ्चित रहेका युवा नेता ऐरले बताउनुभयो।

World Link Ads
Sana Kishan

३१ वटा व्यवस्थापन आयोग गठन भएपनि सो क्षेत्रका प्रतिनिधिहरुले भोट बैंकको रुपमा प्रयोग गर्ने बाहेक समस्याको समाधानमा नलागेको उहाँको गुनासो रहेको छ। उहाँले भन्नुभयो 'यो बिचमा ३१ वटा व्यवस्थापन आयोग गठन भएपनि सो क्षेत्रका प्रतिनिधिहरुले भोट बैंकको रुपमा प्रयोग गर्ने बाहेक समस्याको समाधानमा कहिले लागेनन !'

पटक पटक सडक संघर्ष र प्रधानमन्त्री, मन्त्री नेताहरूसंग मागहरु राखीरहँदा पनि सुनुवाइ नभएको कारणले मृत्युको प्रवाह नगरि उक्त संघर्ष समितिका अध्यक्ष कर्ण बहादुर चन्दको नेतृत्वमा भोक हडताल शुरु गरेको उहाँले जानकारी दिएका छन्।

साथै युवा नेता ऐरले सो क्षेत्रका सम्बन्धित सबैमा सहयोग गरिदिन अपिल समेत गरेका छन्।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close