सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

राष्ट्रिय जनमोर्चा कञ्चनपुरको अध्यक्षमा पुन कार्की

कञ्चनपुर : राष्ट्रिय जनमोर्चा कञ्चनपुरको अध्यक्षमा पुन राम बहादुर कार्की चयन भएका छन । सोमबार बेलौरीमा सम्पन्न भएको जनमोर्चाको छैठौँ जिल्ला सम्मेलनबाट अध्यक्षमा पुन कार्की नै चयन भएका हुन । उपाध्यक्ष मञ्जु परियार, सचिव लाल बहादुर कुँवर, सहसचिव रंग बहादुर चौधरी, कोषाध्यक्ष पृथ्वी केसी चयन भएका छन । सदस्यहरु रमा नेपाली, गोबिन्द बोहरा,रामलाल चौधरी, बिर बहादुर बोहरा, लक्ष्मी चौधरी, शुशिला नेपाली,नन्दा कुमारी भट्ट, बाबुराम चौधरी, वैकल्पिक सदस्य ः राम बहादुर विक, पूर्ण पौडेल, पार्ववती चुनारा, सल्लाहकार जय बहादुर मल्ल, तारादेवी चौधरी,खुशिराम राना,किशन नेपाली, केशव सुवेदी रहेका छन ।

Sana Kishan

पार्टी महासचिव मनोज भट्टको प्रमुख आथित्यमा अधिवेशन सम्मन्न भएको थियो । प्रमुख अतिथि समेत रहेका जनमोर्चाका महासचिव मनोज भट्टले संघीयताकै कारण मुलुकका संकट आईपरेकाले विद्यमान समस्या हटाउनका लागि संघीयता खारेजीमा जोडदिए । छैठौँ जिल्ला सम्मेलनबाट पनि सर्वसम्मत अध्यक्ष भएका राम बहादुर कार्कीले मुलुकमा भ्रष्टाचार बेथिति मौलाउने संघीयता खारेजीदेखि जिल्लाका जनताका विद्यमान समस्या केन्द्रीत सरकारी निकाय घचघयाउने गरेर कार्यक्रम संचालन गरिने बताए ।

कार्यक्रममा प्रमुख अतिथि भट्ट सहित पाटी निकट तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी,अखिल नेपाल महिला संघ उपाध्यक्ष कोपिला कार्की,अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रीय सदस्य तारामणी शर्मा, नेकपा मसालका जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडू, जनमोर्चा केन्द्रीय सल्लाहकार मञ्जु परियारले शुभकामना मन्तव्य दिर्दै कञ्चनपुरमा पालिका, प्रदेश र संघीय सरकारमा कार्यालयमा चरम बेथितिदेखि जिल्लामा थुप्रै समस्या भएकाले नयाँ टिमले सरकारी कार्यालयमा हुने बेथिति हटाउँदै सुशासन र भ्रष्टाचार रोकथाम गर्नुपर्नेमा जोडदिएका छन ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close