सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलङ्का र बङ्लादेश खेल्दै

एसिया कप क्रिकेटको सुपर फोरमा आज घरेलु टोली श्रीलङ्का र बङ्लादेश खेल्दैछन् । यो खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

Sana Kishan

सुपर फोरमा पाकिस्तान, श्रीलङ्का, भारत र बङ्लादेश रहेका छन् । समूह ‘ए’ बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा तथा समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष र बङ्लादेश दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेका हुन् । सुपर फोरको पहिलो खेलमा बङ्लादेश पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

भोलि भारत र पाकिस्तानबीच खेल हुनेछ । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । एसिया कपमा सहभागी नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । उज्यालो अनलाइन बाट साभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close