सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुर जिल्ला यू-१९ पुरुष फुटबल खेलाडी छनौटको नामावली सार्वजनिक

साफ यू-१९ च्याम्पियनसिप २०२३ का दोस्रो चरणका लागि कञ्चनपुरबाट २७ जना सिफारिस , शुक्रबार देखि प्रदेश छनौट सुरु

बिकाश सिंह महता/महेन्द्रनगर -  कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा र पुनर्वासमा भएको यू-१९ फुटबल खेलाडी छनौटको नामावली सार्वजनिक गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) आबद्ध देशभरका ४८ जिल्ला फुटबल संघलाई खेलाडी छनौटका लागि साउनको १ गते पठाएको पत्राचार अनुसार कञ्चनपुर जिल्ला फुटबल संघले महेन्द्रनगरको खुलामञ्चमा र पुनर्वासमा आयोजना गरिएको खेलाडी छनौट कार्यक्रम बाट २७ जना जिल्ला छनौट भएका छन् । जिल्लामा छनौट भएका खेलाडी हरुलाई प्रदेश छनौटका लागि सिफारिस गरिएको कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव नितेश रावलले बताउनु भयो।

महासचिव रावलले भने,’ कञ्चनपुर जिल्ला फुटबल संघले प्रदेश छनौटका लागि पहिलो चरणमा जिल्लाले छनौट गर्नु पर्ने एन्फाको पत्राचार अनुसार जिल्लाले साउन १३ गते सनिवार देखि १४ गते आइतबार सम्म खेलाडी छनौट गर्न कार्यतालिका अनुसार जिल्ला छनौट गरिएको थियो। जिल्ला छनौटमा परेका खेलाडी लाई दोस्रो चरण प्रदेश स्तरीय छनौटना सिफारिस गरेका छौँ ।'

World Link Ads
Sana Kishan

सुदूरपश्चिम प्रदेश स्तरीय युवा यू-१९ खेलाडी छनौट श्रावण १९ र २० गते पुनर्वास नगरपालिका १० बिकास-भीमबस्ती अवस्थित दि लालझाडी युवा क्लव -११ को खेलमैदानमा दिउँसो २ बजे छनौट कार्यक्रम सुरु हुने सुदूरपश्चिम प्रदेश फुटबल संघका महासचिव काशिराम बोहराको हस्ताक्षर सूचना मार्फत सम्पुर्ण सरोकारवाला लाई जानकारी गराएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८० असोज ४ देखि १३ गते सम्म नेपालको काठमाडौमा आयोजना हुने साफ यू-१९ च्याम्पियनसिप २०२३ मा नेपाली राष्ट्रिय युवा (यु-१९) फुटबल टिम सहभागीता का लागि खेलाडी छनौट गर्न देशभरका ४८ जिल्ला फुटबल संघलाई एन्फाले पत्राचार गरि गरेको छ।

छनोट भएका खेलाडीहरूको नामावली 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close