सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

निर्णायक एक दिवसीय क्रिकेटमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले हरायो

एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा भारतले वेस्ट इन्डिजलाई दुई सय रनले पराजित गरेको छ । यो सँगै भारतले एकदिवसीय सिरिज २–१ ले जितेको छ ।

भारतले वेस्ट इन्डिजसँग लगातार १४ औँ शृङ्खला जितेको छ । वेस्ट इन्डिजविरुद्ध भारतको यो सबैभन्दा ठूलो जित हो ।

यसअघि सन् २०२२ मा भारतले वेस्ट इन्डिजलाई एक सय १९ रनले पराजित गरेको थियो ।

World Link Ads

पोर्ट अफ स्पेनमा टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टोलीले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५१ रन बनाएको थियो ।

Sana Kishan

भारतलाई विशाल स्कोरमा पुर्याउनका लागि शुभमन गिलले ८५ रनको योगदान गरे । त्यस्तै ईशान किसनले ७७ रन बनाए । उनीहरुले एक सय ४३ रनको साझेदारी गरेका थिए । यस्तै सन्जु साम्पसनले ६९ रन बनाए भने हार्दिका पाण्ड्याले ५२ रन बनाए ।

वेस्ट इन्डिजलाई सस्तैमा समेट्ने क्रममा मुकेश कुमारले सात ओभरमा ३० रन दिएर तीन विकेट लिए । त्यस्तै शार्दुल ठाकुरले चार विकेट, कुलदीप यादवले दुई र जयदेवले एक विकेट लिए ।

तीन सय ५२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर तीन बलमा एक सय ५१ रन बनाएर अलआउट भयो ।

अब भोलिदेखि ५ वटा टी २० खेल शुरु हुने छ । उज्यालो अनलाइन बाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close