सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

इङ्ग्ल्यान्ड र डेनमार्क महिला विश्वकपको अन्तिम १६ मा

इङ्ग्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबल २०२३ को अन्तिम १६ मा पुगेका छन् ।

Sana Kishan

आज मङ्गलवार अस्ट्रेलियाको हिन्दमार्श स्टेडियममा भएको खेलमा चीनलाई ६–१ को फराकिलो अन्तरले हराउँदै इङ्ग्ल्यान्ड अन्तिम १६ मा पुगेको हो । इङ्ग्ल्यान्डकी लरेन जेम्सले २ तथा एलिसिया रुसो, लरेन हेम्प, चोई केली र रचेल डेलीले १ गोल गरिन् चीनका लागि वाङ शुवाङले सान्त्वना गोल गरिन् । इङ्ग्ल्यान्ड ९ अङ्कका साथ समूह ’डी’ को शीर्ष स्थानमा रहन सफल भयो । चीन ३ अङ्कसहित तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

आजै यसै समूहको अर्काे खेलमा हैटीलाई २–० गोलले हराउँदै डेनमार्क पनि अन्तिम १६ मा पुगेको छ । अस्ट्रेलियाको पर्थ रेक्ट्याङ्गुलर स्टेडियममा भएको खेलमा डेनमार्कलाई जिताउन पर्निले हार्डर र सानी निलसेनले १÷१ गोल गरिन् । डेनमार्क ६ अङ्कका साथ दोस्रो स्थानमा रहँदा हैटी कुनै पनि खेल जित्न नसकी बाहिरियो । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close