सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

एसीसी १६ वर्षमुनिको इस्ट जोन कपमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

Sana Kishan

समूह चरणको आज भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हरायो । जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ ओभर ५ बलमा ९९ रनमा समेटियो ।

मलेसियाका मोहम्मद हैरिलले सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ १५ रनमा आउट भए । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका अशोक धामीले ४ विकेट लिए ।

अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र कृतिक कामतले एक विकेट लिए । त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३३ ओभर ४ बलमा १ सय ८३ रनमा अलआउट भएको थियो ।

नेपालका अशोक धामीले सर्वाधिक ५२ रन बनाए । त्यस्तै, नरेन भट्ट र सूर्यांशु कोइरालाले समान २९ रन जोडे । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए।

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २ सय २५ रनको फराकिलो अन्तरले हराएको थियो । थाइल्यान्डलाई हराएको नेपाल र मलेसिया सेमिफाइनलमा पुगिसकेका छन् । सेमिफाइनलका खेल भोलि हुनेछन् । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close