सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खेल हुने दिन अहमदाबादमा हाेटलकाे भाडा बढेर १ लाख भारुसम्म पुग्याे

आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानको खेल हुने दिन होटलको शुल्क १० गुणासम्म बढेको छ । विश्वकपमा आउँदो अक्टोबर १५ तारिखमा भारतको अहमदाबादमा भारत र पाकिस्तानको खेल हुने तालिका छ ।

आईसीसीले अस्ति मङ्गलवार तालिका सार्वजनिक गरेकै दिन सयौँले अहमदाबादमा होटल बुकिङ गरेका बीबीसीले जनाएको छ । बुकिङ गर्नेहरू बढेपछि हाेटलकाे भाउ १० गुणासम्म बढेको छ । कतिपय कोठाको भाडा एक लाख भारुसम्म पुगेको छ भने केही अक्टोबर १५ का लागि पूर्णरूपमा बुक भइसकेका छन् ।

Sana Kishan

सामान्य दिनमा सहरका लक्जरी होटलहरूमा एक दिनको पाँचदेखि आठ हजार भारुसम्म तिरेर कोठा पाइनेमा अक्टोबर १५ तारिखका लागि भने बढेर ४० हजारदेखि एक लाख भारुसम्म पुगेकाे छ ।

World Link Ads

बुकिङ डटकमकका अनुसार अहिले वेलकम होटलको डिलक्स कोठा भाडा एक रातको पाँच हजार छ सय ९९ भारु छ । तर अक्टोबर १५ मा यस होटलमा बस्न चाहनेले भने ७१ हजार नाै सय ९९ भारु तिर्नुपर्नेछ । गुजरातको होटल एन्ड रेस्टुरेन्ट एसोसिएशन (एचआरए) का प्रवक्ता अभिजीत देशमुखले बुकिङ गर्नेको चाप बढेसँगै भाउ बढ्नु स्वाभाविक भएको बताएका छन् । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close