अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १६ वर्षमुनिको एन्फा लिग असार ३० गतेदेखि शुरु हुने जनाएको छ ।

एन्फाले ’ए’ डिभिजन लिग क्लबसँगको छलफलपछि लिगको नयाँ मिति तय गरेको हो । यसअघि लिग असार २३ गतेदेखि सुरु हुने बताइएको थियो । क्लबहरूले मङ्गलवारसम्म आफ्ना टोलीहरू दर्ता गर्नुपर्नेछ भने असार २४ गतेसम्म खेलाडी दर्ता गर्नु पर्नेछ ।

लिगको खेल तालिका असार २५ मा सार्वजनिक हुनेछ । लिगका खेलहरु शुक्रवार, शनिवार र सार्वजनिक बिदाको दिन खेलाइने छ । एन्फाले लिगमा सहभागी प्रत्येक क्लबलाई तयारीका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने सहमति भएको छ । उज्यालो अनलाइन बाट साभार
