सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘वानएक्स बेट’ को प्रचार गर्ने थप एक जना युट्युबर पक्राउ

नेपालमा प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत् सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा थप एक जना युट्युबर पक्राउ परेका छन् ।

Sana Kishan

काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयले काभ्रेपलाञ्चोक, तेमाल–८ घर भइ काठमाण्डाैको बूढानीलकण्ठ–११ बस्ने २२ वर्षीय राजकुमार थापा भनिने युट्युबर राजकुमार तमाङलाई पक्राउ गरेकाे हाे।

World Link Ads

तामाङलाई एपमार्फत् खेलहरु खेलाउनका लागि युट्युब च्यानलमार्फत् वानएक्स बेटलाई प्रचारप्रसारमा सहयोग पुग्ने गरी प्रोमोकोडसमेत दिइ विज्ञापन गरी नागरिकलाई सट्टाबाजी गर्न/गराउनका लागि उत्प्रेरित गर्ने कार्यमा संलग्न रहेकाे आराेपमा पक्राउ गरिएको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले तामाङलाई सट्टेबाजी गर्न वा गराउन नहुने कसुरमा थप अनुसन्धानका लागि हिजाे आइतवार जिल्ला प्रहरी परिसर, काठमाण्डाै पठाइएको जानकारी दिनुभयाे ।

यसअघि प्रहरीले ‘वानएक्स बेट’ मार्फत् सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’, राजु मास्टरलगायत आठजनालाई पक्राउ गरिसकेको छ । उज्यालो अनलाइन बाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close