सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल : अस्ट्रेलियाका ट्रविस हेडको शतक

आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँगको खेलमा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको छ । उसले हिजो पहिलो दिन नै उच्च योगफल बनाएको छ ।

इङ्ल्यान्डको द ओभलमा टस हारेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले ८५ ओभरमा ३ विकेट गुमाउँदै ३ सय २७ रन बनाउँदा पहिलो दिनको खेल सकिएको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अस्ट्रेलियाका मध्यक्रमका ब्याटर ट्रविस हेड १ सय ४६ रनमा अविजित छन् । हेड विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा शतक हान्ने पहिलो खेलाडी समेत बनेका छन् ।

त्यस्तै, स्टिभ स्मिथ ९५ रनमा अविजित रहेका छन् । उस्मान खवाजा शून्य रनमा आउट भए । मार्नुस लाबुसेन २६ र डेविड वार्नर ४३ रनमा आउट भए ।

दोस्रो दिनको खेल दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । उज्यालो अनलाइन बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.