सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

जेठ २४ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल !!

वि.सं. जेठ २४, २०८० । ई.सं. ०७ जुन २०२३ । शक संवत् १९४५ । नेपाल संवत् ११४३ तछलाथ्व । पिङ्गल उत्तरायण ग्रीष्म । बुधबार आषाढ कृष्णपक्ष । तिथि चतुर्थी ०१ः१६ बजेसम्म, त्यसपछी पञ्चमी । नक्षत्र उत्तराषाढा ००ः३९ बजेसम्म, त्यसपछी श्रवण । योग शुक्ल ०५ः२५ बजेसम्म, त्यसपछी ब्रह्म ०३ः५२ बजेसम्म, त्यसपछी ऐन्द्र । करण वव १४ः२७ बजेसम्म, त्यसपछी वालव ०१ः१६ बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि धनु । आनन्दादि योग वज्र । दिनमान १३ः४६ । सूर्योदय ५ः१० । सूर्यास्त १८ः५६ । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा । सूर्य १्र२१्र३४्र१२ । चन्द्र ८्र२८्र२५्र३४ । मंगल ३्र१४्र४४्र४७ । बुध १्र३्र४९्र५९ । बृहस्पति ०्र११्र२४्र२३ । शुक्र ३्र६्र५९्र२४ । शनि १०्र१०्र१६्र९ । राहु ०्र७्र०्र० । क्रान्ति उ २२्र४३ । वेलान्तर (–)०ः४८ ।

 

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउला । वैदेशिक कार्य अघि बढ्नेछ । धन प्राप्त पनि हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति नै हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । शेयर बजारको लगानीले लाभ मिल्नेछ । आत्मबल बढाएर काम गरेमा बढी सफल भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाइनेछ । प्रेममा मधुरता छाउनेछ । लामो समय देखि रोकिएको धन हात पर्न सक्छ । दिनको उत्तरार्धमा धन खर्च भने हुनेछ ।

Sana Kishan

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला, तर वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा मधुरता छाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा पनि रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । मकालु खबर बाट सभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.