सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सगरमाथा क्षेत्र छोड्ने पर्यटक बढे, लुक्लामा हवाई टिकेट लिनेको चाप

विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र छोड्ने पर्यटकको संख्या वृद्धी भएको छ । यस वर्ष वसन्तयामको पर्यटक सिजन सकिएसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको संख्या बढेको हो ।

सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा २६९ विदेशी र ५५ नेपाली गरी ३२४ जना पर्यटक भित्रिंदा ७९१ विदेशी र २३९ नेपाली गरी १ हजार ३० जना बाहिरिएका छन् । एक महिना अघिसम्म भित्रिने पर्यटकको चाप अधिक रहेको खुम्बुमा अहिले फर्किने पर्यटकको संख्या उच्च रहेको निकुञ्जका सुचना अधिकारी मनोज कुमार मण्डलले बताए ।
नाम्चे, खुम्जुङ, जोरसल्ले लगायतका पर्यटकीय स्थलहरुमा यतिखेर ओरालो झर्ने पर्यटकको ताँती देखिने गरेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । सगरमाथा क्षेत्रबाट फर्किने पर्यटकको संख्या बढेसँगै लुक्लामा हवाई टिकेटको चाप पनि बढेको छ ।

Sana Kishan

खुम्बुबाट फर्किने अधिकांश पर्यटकले विमानको प्रयोग गर्ने भएकाले तेन्जिङ हिल्लारी विमानस्थलमा चाप बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख महेश श्रेष्ठले बताए । अहिले लुक्लाबाट दैनिक एक दर्जन भन्दा बढी पटक उडान तथा अवतरण हुने गरेका छन् ।

World Link Ads
Mahakali Polytechnic

जसमा लुक्ला आउने विमानले कार्गो सामाग्री लिएर आउने गरेका छन् भने काठमाडौं फर्किंदा यात्रु लिएर जाने गरेको प्राधिकरण प्रमुख श्रेष्ठको भनाई छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सुबास दर्नालले अन्नपूर्ण पोस्टमा लेखेका छन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.