सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपालले आज मलेसियासँग दोस्रो टी–ट्वन्टी खेल्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज घरेलु टोली मलेसियासँग दोस्रो टी–ट्वान्टी खेल्दैछ।

मलेसियाको युकेएम ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने नौ बजे सुरु हुनेछ। पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पाँच विकटले पराजित भएको थियो। मलेसियाले १–० को अग्रता लिएको छ।

Sana Kishan

नेपालको पराजयमा खराब ब्याटिङ मुख्य कारण बन्यो। टस हारेर पहिले गरेको नेपाल ५० रनमा समेटिएको थियो। मलेसियाले ५१ रनको समान्य लक्ष्य १३ दशमलब २ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको थियो। नेपालले मलेसियासँग इतिहासमै पहिलो पटक पराजय व्यहोरेको हो।

World Link Ads
Mahakali Polytechnic

यसअघि नेपालले सन् २०२२ मे मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको टी–ट्वान्टी आई सिरिज खेलेको थियो। नेपालले सिरिज ३–२ ले गुमाएको थियो। नेपाली राष्ट्रिय महिला सिनियर टिमका लागि मलेसिया भ्रमणमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सुनौलो अवसर रहेको छ। थाहा खबर बाट सभार

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.