सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६१ वर्षीय बर्माको क्यान्सर विरुद्धको महाकाली–मेची साइकल यात्रा समाप्त

प्रकाश भट्ट, कञ्चनपुर – पश्चिमी सीमा नाका गड्डाचौकीबाट महाकाली–मेची साइकल यात्रा सुरु गरेका ६१ वर्षीय एच बी बर्माको साइकल यात्रा समाप्त भएको छ।

वैशाख २८ गते कञ्चनपुरको गड्डाचौकी बाट सुरु शुरु भएको उनको यात्रा शनिवार जेठ १३ गते मेचीको मेचि पुलमा पुगेर समापन भएको उहाँले बताउनुभयो।
मेचीपुलमा प्रदेश १ का सांसद गोपाल तामाङ, काठमाडौँका कराँते प्रशिक्षक तुलसी महर्जन तथा पूर्वाञ्चलका कराँते प्रशिक्षक अर्जुन लम्साल लगायतले उनको भव्य स्वागत गरेको साइकलयात्री बर्माले बताउनुभयो।

World Link Ads
Mahakali Polytechnic

क्यान्सर विरुद्धको अभियान लिएर यात्रामा रहेका ६१ बर्षिय बर्माका लागी दैनिक जीवनमा साइकल अति नै महत्वपूर्ण सवारी साधन बन्न पुगेको छ।

Sana Kishan

साइकल स्वास्थ्य र वातावरणका हिसाबले उपयुक्त भएकोले १३ वर्ष अघिबाट नियमित साइक्लिङमा जोडिएको उनको भनाइ रहेको छ।

उनले हरेक दिनको यात्रामा आफू पुगेको गाउँ र शहरको कुनै चोकमा लागू पदार्थ, धूम्रपान मद्यपान जस्ता कुलतबाट बच्न सचेतना मुलुक सन्देश समेत प्रवाह गरेको समेत उनले बताए।

आफै जिब्रोको क्यान्सर पीडित रहेका उनी क्यान्सर विरुद्धकाे अभियान लिएर साइकल यात्रा गरी युवा पुस्तालाई कुलतबाट बच्न सचेतना मुलुक सन्देश समेत प्रवाह गर्न पाउँदा एकदम हर्षित रहेको उहाँको भनाइरहेको छ।

 

  

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.