सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सिंहदरबार : सोमबार पनि उठेन फोहोर

Far weast coaching ad
68
Sana Kishan

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आइतबारबाट उठ्न छोडेको सिंहदरबारको फोहोर महानगरले सोमबार पनि उठाएन।

संघीय सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रालिका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

Arus
Karnali Traders

सामाजिक सञ्जालमा आइतबार बिहान एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ गर्नुपर्ने र आइतबारदेखि सिंहदरबारको फोहोर नउठाउने भनेका थिए। उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको विरोध गरेका छन्।

राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको विरोध गरेका हुन्। आइतबारबाट उठाउन छोडेको सिंहदरबार परिसरको फोहोर सोमबार पनि उठाइएको छैन। सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ।

विज्ञहरुले यसलाई फोहोरका कारण संघीय सरकार र स्थानीय सरकारबीचको टकराव सिंहदरबारबाट शुरु भएको बताउँदै आएका छन्। महानगरको गैरजिम्मेवारीपनप्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। थाहा खबर बाट सभार

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.