सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली सेनामा नर्सदेखि पुजारीसम्मका लागि जागिर खुल्यो, कसरी दिने आवेदन ?

Far weast coaching ad
1,016
Sana Kishan

नेपाली सेनाले प्राविधिक÷हवाई÷विविध सेवा तर्फका पदिय तथा विल्लादार पदहरूमा दरखास्त आह्वान गरेको छ। आज गोरखापत्रमा सूचना निकालेर नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको हो।

खुला तथा समावेशी प्रतियोगिताबाट नर्सदेखि पुजारीसम्म पदपूर्ति गर्न सेनाले इच्छुकबाट दरखास्तसमेत मागेको छ। रु.१० को टिकट टाँसेर स्वयम उपस्थित भई नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दरखास्त फारम बुझाउन सकिन्छ।

Arus
Karnali Traders

आजदेखि २०८० वैशाख २४ गतेसम्म फारम बुझाउने समय दिइएको छ। नर्सिङमा ४२ जना, लेखामा ४६ जना र पुजारीमा ११ जनालगायत गरी विभिन्न पदका लागि सेनाले १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको हो। पुरूषका हकमा उचाइ ५ फिट ३ इन्च र महिलाका हकमा ५ फिट भए पुग्ने सूचनामा उल्लेख छ।

उपहार खबर बाट

 

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.