सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आईपीएल क्रिकेटमा कोलकताले बेंग्लोरलाई ८१ रनले हरायो

Far weast coaching ad
85
Sana Kishan

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८१ रनले हराएको छ ।

गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १ सय २३ रनमा समेटियो । बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिए ।

Arus
Karnali Traders

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । कोलकताका शार्दुल ठाकुरले सर्वाधिक ६८ रन तथा रहमानुल्लाह गुर्वाजले ५७ रन बनाए । आईपीएल क्रिकेटमा गुर्वाजको यो पहिलो अर्धशतक पनि हो ।

त्यस्तै रिंकु सिंहले ४६ रन जोडे । बेंग्लोरका डेबिड बिल्ली र कर्ण शर्माले समान २÷२ तथा मोहम्मद सिराज, हर्षल पटेल र माईकल ब्रेसवेलले समान १÷१ विकेट लिए । पहिलो जितमा दुई अंकका साथ कोलकता तालिकाको तेस्रो स्थानमा रहेको छ । बेंग्लोर २ खेलमा २ अंकसहित सातौं स्थानमा छ । उज्यालो अनलाइन बाट

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.